close

अब टिकटकमा पनि अवतार प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १६, २०८० ८:५७

अब टिकटकमा पनि अवतार प्रयोग गर्न सकिने

काठमाडौं । टिकटक एउटा त्यस्तो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचरमा काम गरिरहेको छ, जसलाई प्रयोग गरेर भविष्यमा प्रयोगकर्ताले आफ्नो अवतार बनाउन सक्छन् । सामाजिक सञ्जाल विश्लेषक म्याट नभर्राले एक ट्वीट गर्दै टिकटकको नयाँ परियोजना खुलासा गरेका हुन् ।

ट्वीटमार्फत नभर्राले टिकटकको उक्त टुललाई दिनमा एकपटक मात्र प्रयोग गर्न सकिने उल्लेख गरेका छन् । उनका अनुसार प्रयोगकर्ताले एक पटकमा कम्तीमा तीनदेखि १० ओटा फोटोसम्म अपलोड गर्नुपर्ने हुन्छ ।

उक्त एआई टुलले फोटोको आधारमा ३० ओटाभन्दा बढी अवतार तयार पार्न सक्नेछ । प्रयोगकर्ताले एआई प्रयोग गरी अवतार बनाउन बढीमा पाँच ओटा विभिन्न स्टाइल छान्न सक्छन् ।

विश्लेषक नभर्राले भनेअनुसार सो एआई टुलले केही मिनेटमै एआई अवतार बनाउन सक्छ । यसरी तयार भएका एआई टुललाई प्रयोगकर्ताले भिडिओ बनाएर टिकटकमा अपलोड गर्न सक्छन् ।

प्रयोगकर्ताले त्यस्ता फोटोलाई सोझै टिकटकको प्रोफाइल पनि बनाउन सक्छन् । फोटो मात्र डाउनलोड गर्छु भन्ने भयो भने डाउनलोड गर्ने सुविधा पनि छ ।

“अवतार बनाउन अपलोड गरिएका फोटोहरू कम्पनीको सर्भरबाट केही समयमा हट्नेछन् । त्यति मात्र नभई कम्पनीको एआई टुलले तयार पारेका एआई अवतार पनि सर्भरबाट हटाइनेछ । कम्पनीले कम्युनिटी गाइडलाइन्सलाई मध्यनजर गर्दै यस्तो काम गर्नेछ,” नभर्राले ट्वीटमा लेखेका छन् ।

अहिले 'लेन्सा' एप (Lensa)मा जस्तो अवतार तयार पार्न सकिन्छ, टिकटकबाट पनि त्यस्तै अवतार तयार पार्न सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८० ९:१३