काठमाडौं । कपडा पसलमा काममा लगाइदिन्छु भन्दै झुक्याएर भारत लगी बेचबिखन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटी र मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले मङ्गलबार ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्वी नवलप...
