काठमाडौं । सन् २०२१ मा इन्स्टाग्रामलाई पछि पार्दै विश्वमा सर्वाधिक डाउनलोड भएको भिडिओ शेयरिङ एप टिकटकको लोकप्रियता दिनानुदिन बढ्दो छ । टेकक्रन्चले हालै प्रकाशित गरेको एक समाचारमा टिकटकले एपमा वाच हिस्ट्रीको फिचर ल्याउन लागेको बताइएको छ । विगतमा युट्यव, नेटफिल्क्सजस्त...
