काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर हाइजिन सम्बन्धी एड्भाइजरी जारी गरेको छ । मन्त्रालयले बिहीबार सरकारी कार्यालयका साथै गैरसरकारी तथा निजी सङ्घ संस्थालाई साइबर आक्रमणबाट जोगिन अपनाउनु पर्ने सावधानी सहितको एड्भाइजरी जारी गरेको हो । एड्भाइजरीम...
