काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूबाट ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको करोडौँ रुपैयाँ राजस्व असुल गर्न नसकेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार विभिन्न दूरसञ्चार सेवा प्...
