काठमाडौँ । अन्ततः सरकारले नयाँ टेलिकम कम्पनी भित्र्याउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले बुधबार पत्रकारहरूसँगको भेटघाटका क्रममा यसको सङ्केत दिएका हुन् । हाल देशमा नेपाल टेलिकम र एनसेल गरी दुई सेवा प्रदायक मात्र सञ्चालनमा छन् । ...
