close
npNOG-10
  • Organizer: Nepal Network Operators’ Group (npNOG)

१० देखि १४ मंसिरसम्म पोखरामा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)को दशौं संस्करण आयोजना हुने छ । नेटवर्किङ तथा आईसीटी क्षेत्रका प्राविधिकहरूको ज्ञान र क्षमता वृद्धि गर्ने उद्देश्यसहित कार्यशाला र सम्मेलन हुने लागेको हो ।

कार्यशालामा सम्बन्धित क्षेत्रका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन हुनेछ । इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न कार्यशाला गर्न लागिएको आयोजकको भनाइ छ ।

चार दिने कार्यशालामा नेटवर्क अटोमेसन र एडभान्स्ड राउटिङ सम्बन्धी विधाहरू एपनिक (APNIC) बाट र 'Introduction to Containerization' सम्बन्धी विधा एनपीनोगका प्रशिक्षकहरूबाट उपलब्ध गराइनेछ ।

चार दिने कार्यशालापछि १४ मंसिरमा एक दिवसीय सम्मेलन आयोजना गरिनेछ ।