close
5th Annual Nepal AI School (ANAIS2024)
  • Organizer: NAAMI

एआई सम्बन्धी अध्ययन/अनुसन्धान गर्ने नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी)ले ११ दिने 'एआई स्कुल' सञ्चालन गर्ने भएको छ । आउँदो १२ देखि २३ पुससम्म ललितपुरमा अवस्थित प्रिमियर इन्टरनेसनल कलेजमा उक्त कार्यक्रम आयोजना हुनेछ ।

एआई सम्बन्धी यस छोटो अवधिको तालिममा स्नातक तहदेखि विद्यावारिधि गरिरहेका विद्यार्थीहरू सहभागी हुनसक्ने छन् । ​एआई स्कुल अन्तर्गत पढाउने शैली र पाठ्यक्रममा भएको समस्या सुधार तथा यस क्षेत्रमा अवसर दिनेगरी तालिम सञ्चालन हुने नामीले जनाएको छ ।