close
CloudDecode: Understanding AWS from Scratch
  • Organizer: DEV Community Nepal

डेभ कम्युनिटी नेपालले आगामी १९ मंसिरदेखि तीन दिने ‘क्लाउड कम्प्युटिङ’ वर्कशप आयोजना गर्ने भएको छ । नेपालको प्राविधिक इकोसिस्टमलाई सहयोग पुर्‍याउने उद्देश्यले ‘क्लाउड डिकोड: अन्डरस्ट्यान्डिङ एडब्लूएस फ्रम स्क्राच’ शीर्षकमा उक्त वर्कशप सञ्चालन हुन लागेको हो ।

वर्कशपमा अमेजन वेब सर्भिस (एडब्लूएस) का आधारभूत पक्षहरूबारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ । सहभागीहरूले क्लाउडका आधारभूत कुराहरू आईएएम, एस थ्री, भीपीसी, ईएसटटू, आरडीएस तथा गिटहब एक्सनसहित सीआई/सीडीका विषयमा व्यावहारिक ज्ञान हासिल गर्नेछन् ।

वर्कशपको सहजीकरण डेभअप्स इन्जिनियर सुभम पोखरेल र डेभअप्स इन्जिनियर तथा एडब्लूएस कम्युनिटी बिल्डर ऋषिकेश गौतमले गर्नेछन् ।

यो कार्यक्रम पूर्ण रूपमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

कम्युनिटीका संस्थापक सुशान्त रिमालका अनुसार वर्कशपमा सहभागिताका लागि प्राप्त आवेदनहरूमध्येबाट सिक्न इच्छुक ३० जनालाई मात्र छनोट गरिने छ । छनोटमा नपरेका अन्य आवेदकहरूलाई भने वर्कशपका रेकर्डेड भिडिओ र नोटहरू ईमेलमार्फत उपलब्ध गराइने छ ।

यो वर्कशप विद्यार्थी, आईटी क्षेत्रमा करिअर बनाउन चाहनेहरू र क्लाउड प्रविधिबारे जानकारी राख्न इच्छुक व्यक्तिका लागि फलदायी हुने जनाइएको छ । इच्छुक सहभागीले यस लिङ्कमार्फत आवेदन दिन सक्नेछन् ।