काठमाडौं । अब स्मार्ट टेलिकमकाे कुनै पनि सेवा लिन कागजात बाेकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । त्यसका लागि स्मार्ट टेलिकम र डिजिटल जियो एड्रेस सेवा प्रदान गर्दै आएका ‘ठेगाना सर्भिसेज’ बीच आइतबार सम्झौता भएको छ । सम्झौता पत्रमा स्मार्ट टेलिकमको तर्फबाट कस्टमर सर्भ...
