काठमाडौँ । माइक्रोसफ्टले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल 'कोपाइलट' लाई कार्यस्थलको उत्पादकत्व बढाउने भविष्यको महत्वपूर्ण औजारका रूपमा विश्वभर आक्रामक रूपमा प्रचार गरिरहेको छ । विन्डोज ११, एज ब्राउजर र माइक्रोसफ्ट-३६५ (वर्ड, एक्सेल, आउटलुक) जस्ता सफ्टवेयरह...
