काठमाडौँ । ओपनएआईका सीईओ साम अल्टम्यानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा लाग्न आँटेका युवालाई परम्परागत सल्लाहभन्दा आफ्नै अन्तर्ज्ञानमा विश्वास गर्न सुझाव दिएका छन् । भारतको नयाँ दिल्लीस्थित ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी’को भ्रमणका क्रममा उनले एआई युगम...
