काठमाडौँ । काठमाडौँका हर्क लामा (नाम परिवर्तन)का लागि ११ कात्तिक २०८२ को बिहान एउटा सामान्य दिन जस्तै सुरु भएको थियो । तर, उनको टेलिग्राममा आएको एउटा मेसेजले उनको जीवनमा यस्तो आर्थिक तुफान ल्यायो, जसले हेर्दाहेर्दै ७० लाख ७० हजार ७४३ रुपैयाँ स्वाहा पारिदियो । ह...
