ललितपुर । ललितपुर महानगरपालिका अन्तर्गत ग्वार्कोमा रहेको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी प्रणाली जडान गरिएको छ । कुमारी बैंकले उक्त स्थानमा क्यूआर सेवाको सुरुवात गरेको हो । योसँगै अब उक्त स्थानमा तरकारी तथा फलफूल किन्दा पैसा बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ...
