conference on innovation in computing, science, engineering and technology (ICSET-2024)
- Organizer: NCIT college
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)ले आउँदो १४ भदौमा 'कन्फ्रेन्स अन इनोभेसन इन कम्प्युटिङ, साइन्स, इन्जिनियरिङ एन्ड टेक्नोलोजी' (आईसीएसईटी २०२४) नामक सम्मेलन आयोजना गर्दै छ । जसमा अनुसन्धानकर्ताहरूले आफ्नो अनुसन्धान प्रस्तुत गर्ने छन् । यसका लागि कलेजले अनुसन्धानात्मक लेख आह्वान समेत गरेको छ ।
कलेजका अनुसार उनीहरूले कम्प्युटिङ (डेटा साइन्स एन्ड बिग डेटा एनालिटिक्स, आईओटी एन्ड सिग्नल प्रोसेसिङ, सफ्टवेयर इन्जिनियरिङ एन्ड डेभलपमेन्ट), इन्जिनियरिङ (जियोटेक्निकल, ट्रान्सपोर्टेसन, वाटर रिसोर्सेस, कन्स्ट्रक्सन), साइन्स एन्ड म्याथम्याटिक्स (म्याथम्याटिक्स एन्ड कम्प्युटिङ, इन्जिनियरिङ एजुकेसन) लगायतका क्षेत्रमा अनुसन्धानात्मक पत्र लेख्न सक्ने छन् ।
प्रतिक्रिया