close
How to fund your idea?
  • Organizer: Sevenledger

क्लाउडमा आधारित बिजनेस म्यानेजमेन्ट प्लेटफर्म ‘सेभेनलेजर’ले स्टार्टअप कम्पनीलाई लक्षित गरेर “बिजनेस स्केलअप सिरिज” सञ्चालन गर्ने भएको छ । स्टार्टअपहरूलाई लगानी, बजारीकरण लगायतका कुराहरू सिकाएर स्टार्टअप कम्पनी बुस्ट गर्न सघाउने उद्देश्यले विभिन्न चार सेसनमा उक्त सिरिज सञ्चालन गर्न लागेको हो । 

उक्त सिरिजको पहिलो चरणमा “हाउ टु फन्ड योर आइडिया” कार्यक्रम सञ्चालन गरेर लगानी कसरी जुटाउने भनेर सिकाइनेछ । यसका लागि लजिस्टिक कम्पनी 'उपाय'का सह-संस्थापक एवम् प्रबन्ध निर्देशक सुमन रायमाझीले स्टार्टअपहरूले लगानी कसरी जुटाउने भन्ने जानकारी प्रदान गर्नेछन् । उक्त कार्यक्रम शुक्रबार (६ भदौ) प्रेसिडेन्सियल ग्राजुएट स्कुल, थापागाउँको पीजीएस हलमा बिहान ११ बजेदेखि सुरु हुँदैछ । 

इच्छुक स्टार्टअपहरूले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । कार्यक्रममा दर्ता शुल्क नि:शुल्क गरिएको छ । स्टार्टअपमा लगानी कसरी जुटाउने भनेर जान्न इच्छुक व्यक्तिहरूले यहाँ क्लिक गरि फारम भरेर वा सोझै कार्यक्रम स्थलमा पुगेर पनि आफ्नो नाम दर्ता गर्न सक्नेछन् । पहिलो कार्यक्रम सफलतापूर्वक सञ्चालन भएपछि बाँकी कार्यक्रमहरू पनि क्रमश: सञ्चालन गर्ने आयोजक कम्पनीले जनाएको छ ।