काठमाडौँ । फेसबुकमा स्क्रोल गर्दै गर्दा भक्तपुरकी २६ वर्षीया सम्झना शर्मा (परिवर्तित नाम) को नजर एउटा रङ्गीन विज्ञापनमा गएर टक्क अडियो । त्यो विज्ञापन कुनै साधारण र दिनहुँ प्रयोगमा आउने पछ्यौरीको थियो । पछ्यौरी पसलमै गएर किन्ने सुविधा हुन्छ, अझ भौतिक रूपमा जाँदा आफैँले ज...
