काठमाडौँ । अर्थ मन्त्रालयले शुक्रबारदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) अनिवार्य रूपमा लागु गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीमार्फत फाइल स्वीकृत गर्दै यसको औपचारिक आरम्भ गरेका हुन् । सरकारी निकायका कामकाजलाई एउटै सूचना प्रविधि प्रणालीमार्फ...
