
Orbit Engineering Expo 2.0
- Organizer: Engineers Vlogs
इन्जिनियर्स भ्लग्सको आयोजनामा आउँदो २१ देखि २३ मंसिरसम्म ‘अर्बिट इन्जिनियरिङ एक्स्पो २.०’ नामक कार्यक्रम हुँदैछ । सगरमाथा इन्जिनियरिङ कलेजमा हुने कार्यक्रममा २० ओटा क्षेत्रमा विद्यार्थीहरूबिच प्रतियोगिता समेत गराइने छ । जसमा ई-गभर्नेन्सदेखि स्पेस एक्स्प्लोरेसनसम्मका क्षेत्र रहेका छन् ।
यसैगरी कार्यक्रममा अन्तर्राष्ट्रिय रोबो वार, अन्तर्राष्ट्रिय रोबोट सकर (फुटबल), ४८ घण्टे ह्याकाथन, कोड डिकोड प्रतियोगिता, यूआई/यूएक्स डिजाइन प्रतियोगिता जस्ता गतिविधि पनि रहेको आयोजकले जनाएको छ । त्यस्तै विद्यार्थीहरूले बनाएका सयभन्दा बढी परियोजनाहरू प्रदर्शनमा राखिने छ । जसलाई नि:शुल्क अवलोकन गर्न सकिने छ ।
प्रतिक्रिया