- Organizer: CAN Federation
क्यान महासंघले टियान्डी बीटूबी समिट २०२५ को आयोजना गर्ने भएको छ । २० देखि २१ डिसेम्बर २०२५ सम्म ललितपुरको पाटनस्थित द प्लाजामा उक्त समिट आयोजना हुन लागेको हो ।
टेक वर्ल्ड डिस्ट्रीब्युसनको सहकार्यमा आयोजना हुन लागेको यस समिटमा नेपालका ७७ ओटै जिल्लाहरू तथा ७ ओटै प्रदेशका आईसीटी क्षेत्रका प्रतिनिधिहरू, क्यान महासंघका सदस्यहरू सहित २५ सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ । सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा आधारित व्यवसायहरूको प्रवर्द्धन, साझेदारीका लागि यो समिट महत्वपूर्ण हुने बताइएको छ । कार्यक्रममा सहभागीहरूले आफ्ना कम्पनीहरूको परिचय गराउने, विचार आदान प्रदान गर्ने तथा सहकार्य र रेफरलमार्फत व्यवसाय विस्तारका सम्भावनाहरू खोज्ने अवसर प्राप्त गर्ने छन् ।
प्रतिक्रिया
