काठमाडौँ । २४ भदौमा मीनभवनस्थित यातायात व्यवस्था विभागको केन्द्रीय कार्यालयमा भएको भीषण आगजनी र तोडफोडले राष्ट्रिय महत्त्वका सूचना प्रविधि प्रणालीहरूमा गम्भीर क्षति पुगेको छ । घटनाबाट विभागको सर्भर कक्ष, लाइसेन्स छपाइ मसिन, इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट तथा आठ लाख...
