फ्याक्टचेक: रविको समर्थनमा सिंहदरबारतर्फ जनसागर उर्लियो भन्दै राजावादी प्रदर्शनको पुरानो भिडिओ भाइरल
काठमाडौँ । सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा बाक्लो भीड सिंहदरबारतर्फ गएको दाबी सहित एक भिडिओ भाइरल भइरहेको छ । बुधबार लामिछाने जेनजी आन्दोलनसम्बन्धी अनुसन्धानका लागि गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा बयान दिन प...
