काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले साहसिक पर्यटनमा प्रयोगमा आउने ‘पारामोटर’ निर्माण तथा सफल परीक्षण गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अधक्ष्य महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमा उडानको भिडिओ सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् । ...
