Presidential Innovista 2025
- Organizer: Presidential Graduate School
काठमाडौँ स्थित प्रेसिडेन्सियल ग्य्राजुएट स्कुलमा ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सुरु भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले प्रविधि तथा बिजनेस कार्निभलको रूपमा उक्त प्रदर्शनी सुरु भएको हो ।
अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त उक्त कलेजमा सो प्रदर्शनी २५ साउनसम्म चल्नेछ । कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ । एआई, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (आईओटी), साइबर सुरक्षा, स्टक ट्रेडिङ सिमुलेसनजस्ता कार्यशाला, बिजनेस स्टल, क्लबका गतिविधि र रमाइला खेलहरू आकर्षणको रूपमा रहेका छन् ।
प्रतिक्रिया
