काठमाडौं । नेपाल (नेवारी) भाषाको डिक्सनरी (शब्दकोष) एप सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल लिपी ट्युटोरियल र नेपाल भाषा डिक्सनरी एप सार्वजनिक गरिएको हो । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल लिपि गुठी र गैरनाफामूलक स...
