काठमाडौँ । नेपाल टेलिकमले देशको विकट तथा दुर्गम क्षेत्रका विभिन्न स्थानहरूमा स्याटलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भी-स्याट टेलिसेन्टर उपकरणमार्फत टेलिफोन सेवा विस्तार गरेको छ । कम्पनीले यो प्रविधिमार्फत टुजी प्रविधिमा आधारित जीएसएम मोबाइल, टेलिफोन र डेटा सेवा...
