काठमाडौं । आफूले कम्प्युटरमा गरेको काम पछिसम्मका लागि रेकर्ड गरेर राख्न वा कसैसँग भएको कुराकानी रेकर्ड गर्नका लागि स्क्रिन रेकर्डरले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । कम्प्युटरमा गरेको स्क्रिन रेकर्डिङ कुनै विषयसँग सम्बन्धित भिडिओ बनाउन वा कसैलाई कुनै कुराको प्रक्रियागत...
