काठमाडौँ । नयाँ बानेश्वरवासीका लागि जुलुस, धर्ना, प्रदर्शन, बन्द, लाठीचार्ज, अश्रुग्यास नौलो दृश्य होइन । राजनीतिक गतिविधिका कारण नयाँ बानेश्वर सधैँ केन्द्रमा रहने गर्छ । बानेश्वरलाई राजनीतिक गतिविधिको केन्द्रमा राख्न निकै ठुलो भूमिका संघीय संसदले खेल्दै आएको छ । ...
