काठमाडौँ । टिकटक स्क्रोल गरिरहँदा भक्तपुरकी सम्झना क्षेत्री (नाम परिवर्तन) ले आकर्षक हेल्मेट बिक्रीका लागि राखेको देखिन् । ७ हजार बढी फलोअर रहेको स्टिलबर्ड हेल्मेट (STEELBIRD HELMET) नामक टिकटक अकाउन्टमा त्यस्ता दर्जनौँ भिडिओ थिए, जहाँ हेल्मेटको विज्ञापन गरिएको थियो । ...
