काठमाडौँ । धनगढी उपमहानगरपालिकाले विगत दुई वर्षको अवधिमा ५५६ भन्दा बढी परिवारलाई निःशुल्क शव चिस्यान (फ्रिजिङ) सेवा उपलब्ध गराएको छ । २०८० मङ्सिर ११ गतेदेखि सुरु भएको यो अभियानमार्फत उपमहानगरले बिहीबारसम्म ५५६ ओटा शव सुरक्षित राख्न सहयोग पुर्याएको हो । घरम...
