काठमाडौँ । सडकमा खटिँदा धुलोधुवाँ र प्रदूषणबाट बच्न लगाइने मास्क आजभोलि ट्राफिक प्रहरी जवान जनकलाल महतोका लागि आफ्नो पहिचान लुकाउने माध्यम बनेको छ । उनी डराउँछन्, कतै कसैले चिनेर जिस्काउने हो कि ! कतै कसैले फोटो खिचेर सामाजिक सञ्जालमा ट्रोल वा मिमको पात्र बनाउने प...
