काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्र र मुद्रण विभागलाई एकै स्थानमा गाभेर पुनर्संरचना गर्ने भएको छ । आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुरक्षित मुद्रण सेवाका लागि यो कदम अघि बढाइएको बताएका छन् । ...