काठमाडौँ । ओपनएआईले आफ्नो च्याटबट च्याटजीपीटीमा विज्ञापन देखाउन सुरु गरेको छ । कम्पनीले सोमबारदेखि अमेरिकामा रहेका नि:शुल्क र गो सब्सक्रिप्सन प्रयोगकर्ताहरूका लागि विज्ञापनको परीक्षण सुरु गरेको घोषणा गरेको हो । कम्पनीले गत जनवरीमा मात्रै महिनाको ८ डलर पर्ने सस्तो शु...
